काठमाडाैं ।। सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर शुल्क एक हजार रुपैयाँ लिने जानकारी दिनुभयो । यसअघि पीसीआर परीक्षण शुल्क दुई हजार लिने गरेको थियो । यस्तै सरकारले अबदेखि कोभिड–१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा हिजो बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो । मन्त्रालयले यसअघि कोभिड–१९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा आजसम्म भर्ना भई उपचाररत रहेका कोभिड–१९ का सङ्क्रमितको १० दिनको मात्र शोधभर्ना उपलब्ध गराउने भएको उनले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here