काठमाडाैं ।। रूसको कोमी क्षेत्रमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । रुसको समाचार संस्था (तास) का अनुसार कोमी राज्यको राजधानीमा आगलागी भएको हो । आगलागीपछि घटनास्थलमा उद्दारकर्मी पुग्दा कम्तिमा पाँच जनाको मृत्यु भइसकेको थियो । आगलागीमा परेर मृत्यु हुने सबै वयस्क रूसी नागरिक रहेका अधिकारीहरुले जनाएका छन् । प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार मङ्गलबार ६ बजेसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीका कारण केही व्यक्ति घाइते भएका छन् । आगलागीले उक्त निजी आवासीय भवनको ४९ वर्गमिटर क्षेत्रमा क्षति पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।