राैतहट ।। २१ गतेका दिन राती १ बजेको समयमा वृन्दावन नगरपालिका ९ भुसाहा स्थित शेख जहानको छोरा महमद आलमको घरमा चोरी गर्ने उदेश्यले पस्दा थाहा जानकारी पाउना साथ हल्ला खल्ला गदाृ भागे पछि लखेटदै जाने क्रममा महरा लमहा नदी तरी भागेको तथा महराले राखेको मफलर आलमले राखेको प्रहरीले जनाए । लखेटने क्रममा आलमले लगाएको लुगी खुटामा अलझिदा लडी समान्य घाइते भएको छ । आलमले फेला पारेको मफलरको अधारमा मृतकको पहिचान भएको छ ।
आलमले राखेको मफलर मृतकको श्रीमति धुवपतिया देवीलाइ देखाउदा सनाखत गरेपछि मृतकको पहिचान भएको प्रहरीले जनाए । मृतक रामको चोरीको असफल प्रयास पश्चात भाग्ने क्रममा स्थानिय मसकुर आलमले आफनो खेतको वरिपरि लगाएको आल्मुनियमको तारमा जडान गरेको विधुतको कारण करेन्ट लागेर मृत्यु भएको पोष्टमार्टम तथा प्रहरी अनुसंन्धानवाट खुल्न आएको प्रहरी उपरिक्षक शाहले बताए ।
प्रहरी उपरिक्षक शाहका अनुसार मृतक राम पहिला देखि नै विभिन्न अपराध तथा चोरीको घटनामा संलग्न रहेकोले महारा माथि २०७४ बैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा मोबाइल चोरीको मुद्दा ,२०७५ साल आषाढ़ १ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सार्वजानिक अपराधका मुद्दा , २०७५ फाल्गुन १६ गते इलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट चोरी डाका मुद्दा तथा २०७७ श्रवण ११ गते इलाका प्रहरी कार्यालय गरुडामा अभद्र व्यवहारका मुदा दर्ता भएको देखिएको छ ।
अनुसंधानको लागी नियन्त्रणमा लिइएका मसकुर आलमले मेरो खेतको आलीमा रितु महरा मृत अवस्थामा रहेकोमा आफनो दाई शेख जमालुदिनको छोरा शेख सजाउललाई बोलाई १०० मिटर टाढा शेख मोजैरको खेतमा राखेर आफनो खेतमा लगाएको तार हटाएको वयान दिए पछि मसकुर आलमलाई नियन्त्रणमा लिइ अनुसंधानको प्रकृया अगाडी बढाइएको एसपि शाहले बताए ।
आलम माथि ज्यान सम्वन्धी कसुरमा अदालतवाट ७ दिनको म्याद लिइ कानुनी कार्यवाही अगाडी बढाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here