काठमाडाैं ।। सरकारले माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री दावा तामाङले जानकारी दिए ।
तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको सार्वजनिक विदा ३ वर्षअघि कटौती गरिएको थियो ।
यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा विदा दिइँदै आएको थियो । सोनाम ल्होछार यही माघ ३० गते परेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here