काठमाडाैं ।। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर भारतको राजधानी नयाँदिल्ली गएका छन् ।
नियमित उपचारका लागि अध्यक्ष ठाकुर नयाँदिल्ली गएका जसपा नेता जितेन्द्र सोनलले जानकारी दिए ।‘उहाँ नियमित उपचारका लागि जानुभएको हो, १ वर्षदेखि लकडाउनका कारण जान पाउनुभएको थिएन, दिल्लीमा उहाँको उपचार हुँदै आएको छ,’ नेता सोनलले भने ।
स्रोतका अनुसार जसपा कार्यकारिणी सदस्य राजकिशोर यादव समेत भारत गएका छन् । देशमा राजनीतिक उथलपुथल भइरहेका बेला जसपा नेताहरूका दिल्ली जानुलाई कतिपयले राजनीतिक रूपमा समेत हेरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here