मुम्बइ ।। बलिउड अभिनेता सैफ अलि खानले केही समय कामबाट बिदा लिने भएका छन्। उनकी श्रीमती तथा अभिनेत्री करिना कपुर यतिबेला दोस्रो बच्चासँगै गर्भवती छिन्। योसँगै सैफ अलि चौथो पटक बुवा बन्न लागेका हुन्। सैफका पूर्व पत्नी अमृता सिंहबाट दुई सन्तान छन्, सारा अलि खान र इब्राहिम अलि खान। र, करिनासँग विवाहपछि यसअघि तैमूर अलि खानका बुवा भइसकेका हुन्।पिंकभिल्लाका अनुसार करिनाले यही फेबुअरीमा दोस्रो बच्चालाई जन्म दिने भएकी छन्। सैफ अलि यतिबेला निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’को छायांकनमा व्यस्त थिए। तर अब भने उनी छायांकन र अन्य व्यावसायिक कामबाट केही समय ब्रेक लिने भएका हुन्।
एल म्यागेजिनसँगको अन्तर्वार्तामा सैफले यसबारे जानकारी दिएका हुन्।‘घरमा नयाँ बच्चा हुन लागेका बेला कसलाई पो काम गर्न मन लाग्छ! यदि तपाईं आफ्नो बच्चा हुर्किँदै गरेको हेर्नु हुँदैन भने, तपाईं गल्ती गर्दै हुनुहुन्छ,’ उनले भनेका छन्, ‘र मुख्यतः म अभिनेता भएकै कारण पनि कामबाट समय निकाल्न सक्छु। यस विषयमा म सम्पन्न छु कि मलाई ९ देखि ५ को जागिर गर्नुपरेको छैन।’
सैफले यसअघि पनि आफ्नो बच्चा जन्मिँदा बिदा लिने गरेका थिए। सैफ अर्को महिनासम्मका लागि कामबाट ब्रेकमा रहेको पिंकभिल्लाले जनाएको छ।बिदा सकिएसँगै उनी फिल्म छायांकनमा फर्कनेछन्।
‘आदिपुरुष’ बाहेक उनी ‘भूतपुलिस’को छायांकनमा पनि जानेछन्। यसमा उनी अभिनेता अर्जुन कपुर, यमी गौतम र ज्याक्लिन फर्नान्डिजसँग सहकार्य गर्दैछन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here