काठमाडाैं ।। माल्दिभ्समा जारी कोरोना विरुद्धको खोप अभियान अन्तर्गत ६ हजारभन्दा बढीलाई खोप लगाइएको छ । खोप अभियानको पहिलो ६ दिनमा ६ हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइएको माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायले जनाएको छ । तथ्याङ्कअनुसार माल्दिभ्समा हिजो २ हजार ५ सय ७५ व्यक्तिले खोप लगाएसँगै अहिलेसम्म कोरोना विरूद्धको खोप लगाउने व्यक्तिको सङ्ख्या ६ हजार ८ सय ५४ पुगेको छ । खोप लगाएकाहरूमध्ये ५ हजार ५ सय ८८ व्यक्ति राजधानीका रहेका छन् भने १ हजार २ सय ६६ राजधानीबाहिरका क्षेत्रका रहेको बताइएको छ । माल्दिभ्समा हालसम्म १६ हजार ७ सय ८३ व्यक्ति कोरोना भाइरसका कारण सङ्क्रमित भइसकेका छन् । जसमा १४ हजार ५ सय ५६ जना स्वस्थ भइसकेका छन् भने ५५ जनाको मृत्यु भइसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here