काठमाडाैं ।। म्यानमारमा भएको सैनिक कू विरुद्ध सर्वसाधारण सडक प्रदर्शनमा उत्रन थालेका छन् । गएको सोमबार नेशनल लीग फर डेमोक्रेसीका नेता आङ सान सू ची सहितका नेताहरुलाई सेनाले गिरफ्तार गरेपछि रिहाइको माग गर्दै शिक्षक तथा विद्यार्थी समेत आन्दोलित भएका हुन् । म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनको एक विश्वविद्यालयमा भएको प्रदर्शनमा सहभागीले कपडामा रातो रिबन लगाएर सैनिक कू को विरोध गरेका थिए । रातो रङ सू ची को पार्टीको रङ भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सेनाले नेता सू ची सहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल समेत लागु गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।