रौतहट ।। रौतहटमा पछिल्लो समय अज्ञात व्यक्तिहरुको आक्रमणबाट केही व्यक्तिहरुको हत्या गर्ने क्रम बढदै गइरहेको छ । विगतमा निरन्जन राम ,श्रीराम साह पुजारि,सुमिन्त्रा देवी दलित लगायतको दर्जनौ हत्या श्रृंखलाबद्ध हत्या केही दिन रोकिए पनि पछिल्लो समय फेरि हत्य हिंसामा वृद्धि हुन लागेको छ । हिजो विहिवार मात्र रौतहटको वृदावन नगपालिका अन्र्तगत एक युवकको वेवारिसे अवस्था शव फेला परेको छ । समाजमा हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधका घटना हुनुका पछाडि धेरै तत्वहरुले प्रभाब पारेको हुन्छ ।
यसको पछाडिको एउटा कारण व्यक्तिगत र समाजको मनोविज्ञान पनि हो । व्यक्ति मानसिक रुपमा अस्वस्थ हुँदा तथा समाज पनि सामाजिक रुपमा अस्वस्थ हुँदा यस्ता घटनाहरु हुने गर्दछन । यसरी हेर्दा यस्ता घटनाको पछाडि समाज र व्यक्ति दुवैको हात हुन सक्छ ।
समाजले अन्याय गर्दा, न्याय इसाफ नपाउँदा, विभेद, भेदभाव, दमन, छुवाछुत, हेला, अपमान जस्ता निरास भएका व्यक्तिले प्रतिशोध स्वरुप अपराध गर्न सक्छ छ । कतिपय अवस्थामा व्यक्तिमा भएको मनोवैज्ञानिक तथा मानसिक रोगका कारण पनि अपराधका घटनाहरु भईरहेका हुन्छन् ।
व्यक्तित्व सम्बन्धि समस्या ९समाज विरोधी व्यक्तित्व र साईकोपाथ०, कडा खालको मानसिक समस्या ९सिजोफ्रेनिया० हुँदा हेलुसिनेसनका कारण, पेरोनोबाईड सिज‍ोफ्रेनियामा शंकाका कारण, मेनिया हुँदा आबेग र उन्मादका कारण, जाड रक्सी ९लागू पदार्थ० सेवनका कारण निर्णय गर्ने क्षमता गुम्दा तथा आवेगमा आउँदा, सानो सानो कुरामा पनि ज्यादै नै रिस उठने मानसिक रोगका कारणले पनि कसैले अपराधका घटनाहरु घटाई रहेको हुन्छ ।
सामाजिक न्याय इनसाफ, मानव अधिकार आदिको प्रत्याभुति गर्दै स्वच्छ र स्वस्थ समाज निर्माण गर्ने र मानसिक एवं मनोवैज्ञानिक रुपमा रोगि व्यक्तिको बेलैमा उपचार गर्ने हो भने अपराधका घटनाहरुलाई घट्न नै नदिने वा धेरै हद सम्म कम गर्न सकिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here