रौतहट ।। रौतहटमा पछिल्लो समय अज्ञात ब्यक्तिहरुको आक्रमणबाट केही ब्यक्तिहरुको हत्या गर्ने घटना बढ्दै गइरहेको छ ।
यसै बीच जिल्लाको बृन्दावन नगरपालिकामा एक युवकको वेवारिसे शव फेला परेको छ । बृन्दावन नगरपालिका वडा नं. ९ भुषाहास्थित गहुबारीमा अन्दाजी ३५ वर्षीय एक युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
सो युवकको शव विहिवार करिब ६ः५० मा गहुबारीमा फेला परेको प्रहरी कार्यालय गरुडाले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेकाले यस घटनाको सम्बन्धमा प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन । मृतकलाई चिन्नु हुने नागरिकहरुले इलाका प्रहरी कार्यालय गरुडाको ९८५५०९०१६५ मा सम्पर्क गर्न अपिल समेत गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here