काठमाडौं ।। प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्तालको निरीक्षण नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपाल आमहड्तालको निरीक्षण गर्न स्कुटरमा निस्किएका छन्।
नेपाल कोटेश्वरबाट स्कुटर चढेर हड्तालको निरीक्षण गर्न निस्किएका हुन् ।
उनी बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर हड्ताल निरीक्षण गर्न निस्किएका हुन् ।
यसअधि प्रचण्ड सातदोवाटो चोकमा सकमा बसेका थिए ।
संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै प्रचण्ड-नेपाल समूहले आम हड्ताल गरेको छ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड-नेपाल समूहले आम हड्तालको घोषणा गरेको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।