काठमाडाैं ।। बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गयराति भएको खेलमा ग्रानडालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै बार्सिलोना अन्तिम चारमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता ग्रानडाले बनाएको थियो । खेलको ३३ औं मिनेटमा केनेडीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभयो । खेलको ४७ औं मिनेटमा रोबर्टो सोल्डाडोले गोल गर्दा ग्रानडा २–० ले अघि रह्यो । तर, बार्सिलोनाले उत्कृष्ट पुनरागमन ग¥यो । खेलको ८८ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याउनुभयो । खेलको इन्जुरी समयमा जोर्डी अल्बाले गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो । निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको एक सयौं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाउनुभयो । खेलको १ सय ३ औं मिनेटमा घरेलु टोलीका फेडे भीकोले गोल गर्दा खेल ३–३ को स्थितिमा पुगेको थियो । तर, खेलको १ सय ८ औं मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै बार्सिलोनालाई ४–३ को अग्रता दिलाउनुभयो । त्यसपछि खेलको १ सय १३ औं मिनेटमा अल्बाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–३ को जित दिलाउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here