काठमाडाैं ।। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुर्टेसले म्यानमारमा भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गर्नुभएको छ । चुनावको नतिजा उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उहाँले बताउनुभयो । कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुर्टेसको भनाइ छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा म्यानमारमा भएको सैन्य कू को निन्दा गर्दै वक्तव्य जारी गर्ने प्रयास पुनः गर्ने सम्भावना छ । तर, चीनले निन्दाको कुनै पनि शब्दसहितको वक्तव्यमा अवरोध गर्ने देखिन्छ । यसअघि मंगलबार भएको सुरक्षा परिषदको बैठकले चीनको अवरोधका कारण निन्दाको वक्तव्य जारी गर्न सकेको थिएन । गत सोमबार बिहान सेनाले निर्वाचित नेतृ आङ साङ सूचीसहित सबै प्रजातन्त्रवादी नेतालाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ । विश्व समुदायले म्यानमारमा भएको सैन्य कू को विरोध गरेको छ । म्यानमार भित्रै पनि नागरिक तथा पेशाकर्मीहरुले विरोध गरिरहेका छन् । यसैबीच म्यान्मार सेनाले सूचीसहितका नेता विरुद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगै अब १५ फेब्रुवरीसम्म सूचीलाई हिरासतमै राखिने भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here