मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो काममा पूर्ण रुपले केन्द्रित हुने अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनले अभिनय गरेका अधिकांश फिल्महरुले सफलता हासिल गरेका छन् भने उनले पनि आफ्नो अभिनयद्वारा दर्शकलाई प्रभावित बनाइरहेकी हुन्छिन् ।यसैबीच, दीपिकाले आफ्नो आउन लागेको फिल्मको नाम घोषणा गरेकी छिन् । दीपिकाको उक्त घोषणालाई उनका प्रशंसकहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । भर्खरै दीपिकाले निर्देशक शकुन बत्राको अनटाइटल्ड फिल्मको शुटिङ सिध्याएकी छिन् । फिल्मको बारेमा कुरा गर्दै अभिनेत्री भन्छिन् –‘मेरो यो फिल्म एउटा रिलेशनशीपको कथामा आधारित छ । जसलाई तपाईंले अहिलेसम्म ठुलो पर्दामा हेर्नु भएको छैन ।’ यहि क्रममा दीपिकाले शाहरुख खानको फिल्म पठान र महाभारतमा द्रौपदीको पात्रमा देखिने कुराको पनि चर्चा गरिन् । दीपिकाले भर्खरै आफ्नो आउँदै गरेका सबै फिल्महरुको बारेमा बताएकी छिन् । शकुन बत्राको फिल्म त्यस्तो रिलेशनशीप स्टोरी हो, जुन भारतीय फिल्ममा यो भन्दा पहिले देखिएको थिएन ।
त्यसपछि उनी शाहरुख खानसंग एक्शन फिल्म पठानमा काम गर्दैछिन् । त्यस्तै नाग अश्विन र प्रभाससंग पनि काम गर्दैछिन् ।
यी दुई फिल्मपछि उनी एनी ह्याथवेको फिल्म द इन्टर्नको रीमेकमा काम गर्नेछिन् ।
त्यसपछि पनि उनी व्यस्त नै भइरहने छिन् ।
यहि क्रममा उनी ‘महाभारत’मा पनि काम गर्दैछिन् । जसमा उनी द्रौपदीको भुमिकामा देखिने भएकी छिन् ।

दीपिका भन्छिन्–‘म महाभारतको कथा संसारभरी देखाउन चाहन्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here