काठमाडाैं ।। नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बेलायतबाट फर्किएका नागरिकका ६ वटा नमुनामध्ये तीनजनामा नयाँ भाइरसको संक्रमण पुष्टि भएको हो ।  सोमबार मन्त्रालयले २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि गरेको हो । 

३ जनामध्ये २८ वर्षीय महिला  ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपछि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । संक्रमित उनीहरु सबै बेलायतबाट नेपाल आएका थिए । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here