काठमाडाैं ।। चीनको राजधानी बेइजिङमा १० लाखभन्दा बढीलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । उनीहरु सबैलाई पहिलो चरणको खोप दिइएको चिनियाँ अधिकारीहरुले बताएका छन् । कोरोना भाइरसको उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकतामा राखेर सर्वसाधारणलाई मात्रै खोप लगाइएको पनि महानगर स्वास्थ्य आयोगले जनाएको छ । आयोगका उपनिर्देशक गोओ जियनका अनुसार पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप पनि लगाउने तयारी भइरहेको छ । कोरोनाविरुद्धको खोप लगाउँदा पहिलो चरणको खोप लगाएको २१ दिनमा दोस्रो चरणको खोप लगाउन पर्ने सिफारिस चिकित्सकहरूको छ । स्वास्थ्य सेवा, घरेलु यातायातलगायतका सेवामा अग्रपङ्तिमा रहेर काम गरिरहेकाहरूलाई प्राथमिकतामा राखेर खोप दिइएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here