काठमाडाैं ।। विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण गत २४ घन्टामा छप ५ लाख ४९ हजार ६ सय १५ जना सङ्क्रमित भएका छन् । वल्र्ड मिटरको तथ्याङ्क अनुसार विश्वभर नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड १३ लाख ४ हजार ७ सय ७३ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थप ८ हजार ९ सय ४६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १९ लाख ५२ हजार १ सय ५३ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये स्वस्थ हुनेको सङ्ख्या ६ करोड ५२ लाख ७४ हजार ७ सय ५ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थपिएका सङ्क्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख ८८ हजार ९ सय ६३ जना रहेका छन् भने १ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ । यस्तै भारतमा पछिल्लो २४ घन्टामा १२ हजार ४ सय ४८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने थप १ सय ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here