काठमाडौँ ।। देशभर पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ५ हजार ३०९ जनाको स्वास्थ्य परीक्षण गर्दा ४८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार २६८ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ५२७ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५८ हजार ९६८ पुगेको छ ।

अहिले देशभर ४ हजार ३७३ सक्रिय सङ्क्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९२७ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १० जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here