रौतहट ।। रौतहटका शिक्षकहरु तलव नपाएको भन्दै नगरपालिका घेराउ गरेका छन् । सात महिना देखी तलब भता नपाएपछी गुजरा नगरपालिकाका शिक्षक तथा कर्मचारीले नगरपालिका घेराउ गरेका छन । गुजरा नगरपालिकामा कार्यरत विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलव गत असार महिनादेखिको तलव नपाएपछि सो नगरका शिक्षक तथा कर्मचारीहरुले आइतबार नगरपालिका घेराउ गरेका हुन । गत ७ महिनादेखिको तलव भत्ता नपाउदा आफ्नो जीविका चलाउन धउधउ परेकाले तुरुन्त आफुहरुले पाउनु पर्ने तलव निकासा दिन दवाव स्वरुप आइतबार नगरपालिका घेराउ गरेको कंकाली माध्यामिक विद्यालयका प्रधानाध्यापक छोटेलाल चौधरीले बताउनु भयो । तलव नपाएका कारण आफुहरु बाध्य भएर नगरपालिकाको कार्यालयमा नारावाजी सहित घेराउ गर्नु परेको प्रधानाध्यापक छोटेलाल चौधरीको भनाइ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here