काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा वृहत् जुलुस निकालिएको छ ।शनिबार दिउँसो काठमाडौंमा नेकपा ओली समूहका कार्यकर्ताहरु सडकमा निस्किएर धोती जुलुस निकालिएको छ।
बोली अलि पिरो हो, केपी ओली रेलमा, भ्रष्टचारी जेलमा, आजलाई होइन भोलिलाई, १० वर्ष ओलीलाई, नेपाली जनता जागौँ, निर्वाचनमा लागौं जस्ता नारासहित पहाड र तराई दुवै क्षेत्रका नागरिकले धोती लगाएर जुलुस निकालेका हुन्।
जुलुसमा सहभागीहरुले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’सहितका अन्य नारा पनि लगाएका थिए। यो जुलुस नेकपा नेता तथा तत्कालीन युवा संघका अध्यक्ष महेश बस्नेतको नेतृत्वमा गरिएको हो।
युवा संघले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेको हो। त्यसपछि यो जुलुस माइती घर मण्डलमा जोडिएर कोणसभामा परिणत हुने बताइएको छ। युवा संघको जुलुसले राजधानीका कयौँ ठाउँमा सवारी अस्तव्यस्त भएको छ।
प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।