काठमाडाैं ।। सरकारले कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि तयारी गरिरहेको दोहो¥याएको छ । सात वटै प्रदेशमा खोप भण्डारण गर्न मिल्ने गरि भण्डारण केन्द्र बनाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँले काठमाडौं उपत्यकामा प्रदूषण अत्याधिक भएकाले सचेत रहन भन्दै प्रदूषण सँगै कोरोनाबाट पनि बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य पालना गर्न पनि आग्रह गर्नुभयो । यसैबीच, सरकारले सबै कोभिड अस्पतालहरूलाई ननकोभिड सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा हिजो बसेको आईसीएसको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै कोभिड अस्पताललाई निर्णय कार्यान्वयन गराउन परिपत्रसमेत गरिसकेको छ । ननकोभिड सेवा पनि नियमित गर्न सबै अस्पताललाई निर्देशन दिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो । मन्त्रालयले सबै कोभिड र ननकोभिड अस्पतालहरुले प्रदान गरिरहेका ननकोभिड सेवा सदाझैँ नियमित प्रदान गर्ने व्यवस्था गर्न र कोभिडका लागि तोकिएका अस्पतालहरुले कोभिड र ननकोभिड सेवाहरु समेत नियमित रुपमा प्रदान गर्न निर्देशन गरिएको छ ।
कोभिड अस्पतालहरूलाई ननकोभिड सेवा सञ्चालन गर्न सरकारको निर्देशन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।