रौतहट ।।
रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादवले विगत केहि दिन देखि सामाजिक संजाल तथा केहि संचार मध्यममा यस नगरपालिकाको विषयमा आइरहेको समाचारमा सत्यता नरहेको बताउनु भएको छ !
बुधवार नगर प्रमुख यादवले नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिका अन्तर्गत रहेको बागमती खोलाको मटियार घाटबाट बालुवा गिट्टी निकासी समवन्धि रौताहा हिम्धुन्गा ठोकर कन्काई जेभीलाइ गैर कानुनी रुपमा ठेक्का दिएको राजश्व हिनामिन्हा गरेको भनि लागिएको आरोप गलत र भ्रामक रहेको दावी गर्दै चरित्र हत्या गर्ने प्रयास गरेको बताए !
मेयर यादवले भने मेरो चरित्र हत्या गर्ने प्रयास गरिएको हो विपक्षीको कुरामा लागेर मेरो प्रतिक्रिया समावेश नगर्दै केहि संचार मध्यमले भ्रमपुर्वक समाचार प्रकाशन प्रसारण गरेको प्रति मेरो आपति रहेको छ !
सत्य तथ्य नै नबुझिकन प्रसारण गरेको समाचारको विषयमा कानुनी बाटो अपनाउने समेत चेतावनी दिदै मेयर यादवले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागको पत्रको अनुसार नगरपालिकाको निर्णय अनुसार ५० हजार घनमिटर निकासीको अनुमति दिइएको दावी गरे !
उहाले नदिजन्य तथा खनिज पदार्थ उत्खनन विक्री तथा व्यवस्थापन सम्वन्धि मापदण्ड २०७७ को दफा १२को उपदफा १र २ बमोजिम प्राथमिकता प्राप्त आयोजना पुर्व पछिम रेल निर्माणको हकमा शुल्क लिएर निकासीको स्वीकृति प्रदान गरिएकोमा केहि विकास विरोधी तत्वले राजनीतिक लोकतान्त्रिक प्रक्रिया विरुद्ध गरेर अमर्यादित रुपमा अभिव्यक्ति दिएको प्रति घोर निन्दा गर्दछु !
वृन्दावन नगरपालिकाका मेयरले अवैध रुपमा मापदण्ड विपरित उत्खनन गरेको र असुली भएको राजश्व समेत हिनामिन्हा गरेको समाचार प्रकाशित भएपछी मेयर यदाव्कोयास्तो प्रतिक्रिया आएको हो! नगरप्रमुख यादवले संकलित भएको राजश्व नगरपालिकाको खातामा रहेको समेत ठोकुवा गरे ! ३५ हजार घनमिटर निकासी मात्र भएको र्सो को रकम नगरपालिकाको जिम्मा रहेको छ उनले भने भ्रामक कुराको पछि नलाग्नु नगरपालिकाले सराहनीय कार्यगरेकोले सराहना गर्नु पर्ने आग्रह गरे !
बागमती खोलाको केहि भाग वृन्दावन नगरपालिकामा रहे पनि अरु नगरपालिकाले भोगाधिकार गर्दै आइरहेकोमा बलपूर्वक आफ्नो हकको बालुवा गिट्टी गत वर्ष देखि विर्की गर्ने गरेको जनाए ! आन्तरिक आयको निमित गरेको कार्यको सराहना गर्नुको साटो विरोध गर्ने गरेको जिकिर मेयर यादवले गरे !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here