काठमाडाैं ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत प्याकेज सम्बन्धी विधेकमा हस्ताक्षर गर्नुभएको छ । सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको र तर नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गर्नुभएका ट्रम्पले अन्ततः स्थानीय समय अनुसार हिजो विधेयकमा हस्ताक्षर गर्नुभएको हो । कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि तय भएकोकेही दिनदेखि फ्लोरिडाको गल्फ क्लबमा रहेका ट्रम्पले विधेयकमा हस्ताक्षर गर्नुभएको हो । ट्रम्पले सो विधेयकलाई कानूनमा परिणत नगर्दा लाखौँ अमेरिकी नागरिकले राहत पाउन सकेका थिएनन् । अमेरिकी संसदबाट ९ खर्ब डलर बराबरको राहत प्याकेज गत सोमबार अबेर पारित भएको थियो । राहत प्याकेजमा समस्यामा परेका नागरिकलाई सीधै नगद प्रदान गर्ने तथा महामारीका कारण प्रभावित व्यवसाय सञ्चालनका लागि सहयोग तथा बेरोजगार भत्ता समावेश छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here