काठमाडाैं ।। सरकारले बेलायतबाट नेपाल आएकाहरुको आरटी पिसिआर परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारबाट नेपालमा पनि जोखिम हुन सक्ने भन्दै बेलायतबाट आएका २ सय ७७ जनाको पिसिआर परीक्षण गर्ने निर्णय गरेको हो । बेलायतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रकार देखिएको र तीव्र गतिमा सङ्क्रमण फैलाउँदै गएपछि सरकारले सतर्कता स्वरुप पुस १ गतेपछि बेलायतबाट वा बेलायतको बाटो हुँदै नेपाल आएकाहरुको खोजी गरेर परीक्षण गर्न लागेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । उहाँले पिसिआर परीक्षण गरी कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको जीन स्विक्वेन्सिङ गर्ने भन्दै यसको जिम्मेवारी स्वास्थ्य सेवा विभागलाई दिइएको बताउनुभयो । यसैबीच सरकारले अबदेखि पिसिआर परीक्षणका लागि निजी प्रयोगशाला नपाठाउने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले यसअघि सरकारले कोरोना परीक्षणका लागि सङ्कलन गरेको स्वाब निजी प्रयोगशालामा पठाउँदै आएकोमा अब त्यसो नगर्ने नगराउने निर्णय गरिएको जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here