एजेन्सी ।। न्युजिल्याण्डले पाकिस्तानविरुद्धको टेष्ट टिमको घोषणा गरेको छ । टी–ट्वान्टी सिरिज सम्पन्न हुने बित्तिकै न्युजिल्याण्डले १३ सदस्यीय टेष्ट टिमको घोषणा गरेको हो । न्युजिल्याण्डको टिममा अलराउण्डर मिचेर सेन्टनरलाई समेत समावेश गरेको छ । घरेलु टोली न्युजिल्याण्डले तीन म्याचको टी–ट्वान्टी सिरिज २–१ ले जितेको थियो । अन्तिम तथा तेस्रो खेल भने पाकिस्तानले जितेको थियो । दुवै टिमले दुई म्याचको टेष्ट सिरिज खेल्नेछन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।