काठमाडाैं ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान ब्यूरो (एफबिआई) लाई झुट बोलेको अभियोगमा दोषी ठहर भएका १५ जनालाई माफी प्रदान गर्नुभएको छ । ट्रम्पले आफ्नो राष्ट्रपतीय शक्ति प्रयोग गरि चार वर्ष पहिलेको चुनावमा रुसी दखलबारे भएको अनुसन्धानको क्रममा एफबिआईलाई झुट बोलेकोमा दोषी ठहर भएका जर्ज पापाडोपोलोस र एलेक्स भान डेर ज्वानसहति १५ जनालाई सम्पूर्ण कानूनी जोखिमबाट मुक्त हुने गरि माफी प्रदान गर्नुभएको हो । जर्ज ट्रम्पको चुनावी अभियानका पूर्व सहयोगी हुन् भने ज्वान अधिवक्ता हुन् । उनीहरुले चार वर्ष पहिलेको चुनावमा ट्रम्पलाई सहयोग पुग्ने गरि रुसले दखल दिएको अभियोगका सम्बन्धमा भएको अनुसन्धानको क्रममा एफबिआईलाई झुट बोलेका थिए । ट्रम्पले रिपब्लिकन पार्टीका दुई पूर्व सांसद तथा सन् २००७ मा इराकमा भएको आमहत्यामा संलग्न चार सुरक्षा गार्डलाई पनि माफी प्रदान गर्नुभएको छ ।
Home अन्तराष्ट्रिय एफबिआईलाई झुठ बोलेको अभियोगमा दोषी ठहर भएका १५ जनालाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा...
एफबिआईलाई झुठ बोलेको अभियोगमा दोषी ठहर भएका १५ जनालाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा माफी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।