काठमाडौं ।। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५१८१ नमुना परीक्षण गर्दा थप ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।यसका साथै २ लाख ३५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभरमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १६९८ पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभर १० हजार ९९४ जना सक्रिय संक्रमित छन् । यसमध्ये ४७६२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। बाँकी होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।