काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा ५ हजार २४२ नमुना परीक्षण गर्दा घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३५९ जना कोरोना संक्रमित निको भएका छन् । यसका साथै दशभरमा हालसम्म २ लाख ३४ हजार २३१ जना संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।