रौतहट ।। अत्याधिक चिसोको कारण रौतहटमा एक जनाको मृत्यु भएको छ ।चिसोको कारण मृत्यु हुनेमा रौतहट जिल्ला कटहरीया नगरपालिका वडा नम्वर २ जमुनिया घर भएका ६५ बर्षिय सुखारी सिंहको कठ्याङ्ग्रिएर शनिबार बिहानै मृत्यु छन् ।मृतक सिंहका दम्पति बिगत केही समयदेखि रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ६ बजार स्थित घनश्याम साहको घरको पेटीमा बस्दै आएका थिए। सोही घरको पेटीमा सिमेन्टको चिसोले कठ्याङ्ग्रिएर सुतेको ठाउमा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ। मागेर गुजारा चलाउदै आएका सिहंकी श्रीमती पनि आखाँ नदेख्ने छिन श्रीमानको मृत्यु भएसंगै उनको पनि बिचल्ली भएको छ ।पछिल्लो समय रौतहट लगाएत तराइका क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएको कारण जनजीवन कष्टकर भइरहेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here