काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ७४१४ जनामा गरिएको परीक्षणमा थप १०४४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसका साथै कुल संक्रमितको संख्या २,४६,६९४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १,२७१ जना सङ्क्रमणमुक्त भएको छ। अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको कुल २,३२,८७२ पुगेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा ११ जनाको कोभिड(१९ का कारणले मृत्यु भएको मन्त्रालयले जनाएके छ।
यसका साथै देशभरि १,६७४ जना सङ्क्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हाल देशभर ५१९ जना क्वारन्टिनमा रहेका छन् भने १२,१४८ आइसोलेशनमा बसिरहेका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here