एजेन्सी ।। भारतमा पछिल्लो २४ घण्टामा थप ३१ हजार ५२२ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कोरोना भाइरस संक्रमितको जम्मा संख्या ९७ लाख ६७ हजार ३७२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
जसमध्ये ९२ लाख ५३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।
भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४१२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ७७२ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल तीन लाख तीन ७२ हजार २९३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here