काठमाडौँ ।। अमेरिकामा एकै दिन २ लाख २५ हजार ४४१ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमितको संख्या १ करोड ५८ लाख २० हजार ४२ पुगेको छ । अमेरिकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।
अमेरिकामा रहेका जम्मा कोरोना संक्रमितमध्ये अहिलेसम्म ९२ लाख २६ हजार ४११ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका ६२ लाख ९६ हजार ९३३ जनामध्ये २७ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार २४३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ९६ हजार ६९८ पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












