काठमाडाैं ।। विश्व कै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक  भएको छ ।

 नापी विभागमा केहिबेर अघि सार्वजनिक तथ्याङ्क अनुसार अब सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ ।

नयाँ उचाइ ८६ सेन्टिमिटरले बढेको हो। नापी बिभागको आफ्नै जनशक्ति प्रयोग गरी बिभागकै प्रयोगशालामा फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्क प्रशोधन गरी सगरमाथाको उचाइ सम्बन्धी पछिल्लो परिणाम निकालिएको बिभागले जनाएको छ ।

सगरमाथाको उँचाइ बारे मित्रराष्ट्र चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा समेत छलफल भैसकेको बिभागले जनाएको छ ।

यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।

सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ उद्घाटन हुने सहमति २०१९ को अक्टोबरमा भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here