रौतहट ।। रौतहटको चन्द्रनिगाहपुरमा स्थानीयहरुले राजा आऊ देश बचाऊ भन्दै आज प्रदर्शन गरेका छन।
पूर्वनिर्धारित कार्यक्रमअनुसार आज उनीहरुले नगर क्षेत्र परिक्रमा गरेका हुन्। नेपाली जनता जागौं, राजा संस्था ल्याऊँ, देश र धर्मको रक्षा गरौं भन्ने मुल नारासहित स्थानीय युवाले सक्रिय सहभागिता जनाएका थिए।
उनीहरुले ‘पूर्वपश्चिम हल्ला छ, राजा ल्याउने सल्लाह छ’, भन्दै नेपाली राष्ट्रिय झण्डासहित चन्द्रनिगाहपुर परिक्रमा गरेका थिए। स्थानीय युवाले स्वस्फूर्त रुपमा राजाको पक्षमा नारा लगाएका स्थानीय नेतृ चिना कोइरालाले बताइन्।
राजाको पक्षमा व्यापक जनमत भइसकेको उनको धारणा छ। जुलुसले नगर परिक्रमा गरिसकेपछि चन्द्रनिगाहपुर चोकमा कोणसभा गरेको थियो।
जहाँ उनीहरुले राजसंस्था पुनःस्थापना गरी अखण्ड नेपाल र हिन्दु राष्ट्र कायम गर्ने बताएका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।