रौतहट ।। महामारी कायमै रहेको बेला रौतहटका विभिन्न स्थानका विद्यालयहरु सञ्चालनमा आएका छन् । त्यस्तै जिल्लाको कटहरिया नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय मंसिर २२ गते देखि आवश्यक स्वास्थ सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन हुने भएको छ । शुक्रबार बसेको नगर कार्यपालिका बोर्डको निर्णय अनुसार आउँदो सोमबारदेखि नगरपालिका अन्तर्गतको सबै विद्यालय सञ्चालन हुन लागेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार विद्यालयमा सामाजिक दुरी कायम गरी,मास्कको अनिवार्य प्रयोग तथा स्वास्थ्य सतर्कता अपनाएर कक्षा सञ्चालन गरिने नगर शिक्षा संयोजक अनिल कुमार निधिले बताउनु भयो ।
कोभिड १९ का कारण करिब ९ महिना देखि बन्द रहेका जिल्लाको १८ स्थानीय तहका विद्यालय मध्ये कटहरियासँगै १७ तहको संचालन भैसकेको छ । हालसम्म एक स्थानीय तह बृन्दाबन नगरपालिका अन्तर्गतको सामुदायिक विद्यालयहरु मात्र संचालनमा आउन नसकेको जिल्ला शिक्षा समन्वय ईकायी प्रमुख रामबिनय सिंहले जानकारी दिनुभयो ।
विद्यार्थीले विद्यालय आउँदा अनिवार्य रुपमा मास्क लगाएको र सामाजिक दूरी कायम गर्नु पर्छ प्रमुख सिंहले बताए ।
Home प्रदेश समाचार मधेश प्रदेश कटहरिया नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय मंसिर २२ गते देखि संचालन हुने
कटहरिया नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय मंसिर २२ गते देखि संचालन हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












