रौतहट ।। जिल्ला प्रशासन कार्यालय रौतहटले यस वर्षको समा चकेवा उत्सव नमनाउन आग्रह गरेको छ । रौतहटको सन्तपुरमा भइरहेको समा चकेवा उत्सव नगर्न अनुरोध गरेको छ । परम्परागत रुपमा चन्द्रपुर नगरपालिका ८ सन्तपुरमा समा चकेवा उत्सव लाग्दै आएको थियो। थारु सांस्कृतिक पर्व भएकोले यस वर्ष पनि मनाउन निरन्तरता दिनै पर्ने भएको भनि यहि मङ्सिर १८ गतेदेखि २८ गतेसम्म मनाउनको लागि शान्ति सुरक्षा मिलाइदिन स्थानीयले जिल्ला प्रशासन कार्यालय रौतहटमा अनुरोध गरेका थिए। सोहि अनुरोध बमोजिम लाग्न दिएको उत्सवमा अत्यधिक भिडभाड भएको र विभिन्न माध्यमबाट जनगुनासो समेत आएकोले सो उत्सव नमनाउनको लागि अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो।
नेपालमा कोरोना भाइरसको जोखिम उच्च रहेको प्रष्टाउँदै प्रशासनले उत्सव नर्गन अनुरोध गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here