रौतहट ।। रौतहटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।

उनका छिमेकी १९ वर्षिय रवि रामले उनलाई चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।सोमबार बेलुकी आफ्नी काकी ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेकोमा नन्दकिशोरले पनि लाले रामकै पक्ष लिएको भन्दै भनाभन भएको थियो ।

झै–झगडा शान्त भइसकेको केही वेरमा भान्छाको चक्कु लगेर रविले नन्दकिशोरको पेटमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
मृतकको शव पोष्मार्टमका लागी चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । साथै घटनाबारे थप अनुसंधान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धी बिक्रम शाहले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here