मुम्बई ।। नायिका कृति सेनन फिल्म ‘आदिपुरुष’का कारणले चर्चामा छिन् । फिल्ममा उनले सुपरस्टार प्रभासको साथ महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन ।

फिल्ममा कृतिले सीताको भूमिका निर्वाह गरेकी छिन् । कृतिले सीताको भूमिका निर्वाह गरेको समाचार बाहिर आएपछि उनका फ्यान खुसी भएका छन ।

फिल्ममा अभिनेता प्रभासले रामको भूमिका निर्वाह गरेका छन् । कृति र प्रभासको अलवा फिल्ममा सैफअली खान पनि देखिनेछन् ।

सैफको फिल्ममा रावणको भूमिका रहेको छ । फिल्म ‘आदिपुरुष’ पौराणिक कथामा आधारित फिल्म हो ।भारतिय सञ्चार माध्यमका अनुसार सो चलचित्र ३५० करोडदेखि ४०० करोडसम्मको बजेटमा निर्माण हुने भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here