काठमाडाैं ।। घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डले जितेको छ । हिजो भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज जितेको हो । दक्षिण अफ्रिकाले दिएको १सय ४७ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा डाविड मालनले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभएको थियो । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान क्विन्टन डी ककले ३० रन जोड्दा जर्ज लिन्डेले २९ रन बनाउनुभयो । जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा २–० को अग्रता समेत बनाएको छ । दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here