काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २३१९७८ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४०४ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना निको हुनेको संख्या २१२५९० पुगेको छ।
तयस्तै कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा २५ जनाको ज्यान गएसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७९ पुगेको छ।
हाल ६३२ जना क्वारेन्टिनमा रहेका छन्। आजको पीसीआर ८००८ रहेको छ। यससँगै हालसम्म १७२७८३६ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ।
त्यस्तै हाल १७९०९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छ्न।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।