काठमाडौं ।। विश्वभर फैलिएको नोभेल कोरोना भाइरस अर्थात कोभिड– १९ का कारण पुरा विश्व नै संकटको घडिमा रहेको छ । यसै बीच नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले कोरोना महामारीको विषयमा दुबै देशबीच समन्वय गर्नका लागि भारत सँधै तयार रहेको बताएको छ । श्रृंगलाले कोभिड–१९ को सम्बन्धमा दुई मुलुकको बिचमा सहकार्य गर्ने र सहयोग आदानप्रदान गर्ने सम्बन्धमा भारत सँधै तयार रहेको बताए । उनले भारतले दुई हजार थान रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण गरेको जानकारी दिँदै सि‌हदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव शृङ्गलाले कोरोनाको खोप पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन । सचिव शृङ्गलाले नेपाल–भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि नबिग्रिएको दाबी समेत गरे ।
भारतले सबैभन्दा बढी खोप उत्पादन गर्न लागेको जानकारी पनि भारतीय विदेश सचिव श्रृंगलाले दिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here