काठमाडाैं ।। बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर फेरि निर्वाचित हुनुभएको छ ।पर्याप्त बहुमतका साथ उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको निर्वाचन आयोगले घोषणा गरेको छ । काबोरले मतदानको पहिलो चरणमै ५७ दशमलव ८७ प्रतिशत मत ल्याएर फेरि राष्ट्रपतिमा निर्वाचित हुनुभएको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले जानकारी दिनुभयो ।राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गर्नुभएको पनि निर्वाचन आयोगले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।