काठमाडाैं ।। भारतका विदेश सचिव हर्षवर्द्धन श्रृङ्गाला काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणका लागि विदेश सचिव श्रृंगला नेपाल आएका हुन् । उनी इन्डियन एयर फोर्सको विमानबाट बिहीबार बिहान १०।४० मा त्रिभुवन विमानस्थलमा उत्रिएका हुन्। परराष्ट्र सचिव पौडेलका अनुसार उनी इन्डियन एयर फोर्सको विमानबाट आएका हुन् ।
भ्रमणको पहिलो दिन आज दुई देशका सचिवबिच द्विपक्षीय वार्ता हुनेछ । यस्तै सहयोगका विविध क्षेत्रबारे छलफल हुने मन्त्रालयका प्रवक्ता सहसचिव सेवा लम्साल प्रवक्ता लम्सालले जानकारी दिइन् । नेपाल र भारतबिच सीमा विवाद चर्किएपछि दुई देशको उच्च कूटनीतिक तहमा वार्ताको शृङ्खला सुरु भएको संकेतका रुपमा हर्षवद्र्धनको भ्रमणलाई लिन सकिने विश्लेषण भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादपछि कूटनीतिक तहमा औपचारिक भेट तथा छलफल हुन लागेको हो ।
भारतीय विदेशसचिवले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने तयारी छ । उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँग पनि भेट गर्नेछन् । उनी भ्रमण सकेर शुक्रबार स्वदेश फर्किनेछन् ।