एजेन्सी ।। बलिउड अभिनेता आमिर खानका भान्जा अभिनेता इमरान खानले अभिनय छोडेका छन् । सन् २००८ मा मामा आमिरसँग फिल्म जाने तु या जाने नाबाट बलिउडमा डेब्यू गरेका उनको अन्तिम फिल्म सन् २०१५ मा रिलिज भएको थियो । त्यो फिल्म थियो– कट्टी बट्टी ।
अब उनले अभिनय छोडेको उनको साथी अक्षय ओबेरायले भारतीय मिडियालाई बताएका हुन् ।
आफूहरु १८ वर्षदेखि साथी रहेको बताउँदै अक्षयले इमरानले फिल्ममा अभिनय छोडे पनि निर्देशन र लेखनमा उनी रहिरहने बताएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।