राजेन्द्र महतो, लहान ।। “न्यू मुस्लिम समाज सुधार नेपाल” र ” हेल्प मधेशी” संस्था ले सनराइज युथ सिराहा सञ्जाल(syas) ले गरेको काम अति पर्सनिय रहेको बताएका छ्न। हेल्प मधेशी नेपाल को अध्यक्ष राम उदगार यादव लगायत अन्य सदस्य हरुले आज धनगढी माई नगरपालिका -८ का कान उपचार गराएका सिरहाको विजय कुमार सिंहको स्वस्थ अवस्था बारे जानकारी लिदै syas ले काम पर्सनिय कार्य गरेको बताएका छ्न। लगभग एक वर्ष देखी कान को घाउ ले पीडा मा रहेको धनगढी माई नगरपालिका -८ का विजय कुमार सिंह ( बोलाउने नाम- हिरो) घर परिवार मा आमा, बुवा, छोरा छोरी कोई पनि छैन । धन सम्पति त के भनु आफ्नो घर पनि छैन। ज्यान राम्रो भएको बेला रामकुमार यादवको घरमा बसेर र ज्याला मजदूरी गरेर आफ्नो गुजारा गरिरहेको थियो। तर १ वर्ष पहिला उसको कानमा घाउ भएको कुरा थाहा पाए पछि उपचार गराउन जाँदा त्यति बेला पैसाको अभाबले गराउन सकेन र त्यस दिन देखी पीडामा थियो।आज भन्दा केही दिन अगाडि यो कुरा सनराइज युथ सिराहा सञ्जालले थाहा पाउँदा उसलाई धरान लागेर त्यहाँ उपचार गराए ।अहिले त्यो पीडित निको भएका छ्न। यस उपचार को लागि सहयोग गर्नु भएको “न्यू मुस्लिम समाज सुधार नेपाल” र ” हेल्प मधेशी” संस्था रहेको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here