काठमाडौं ।। दशभर पछिल्लो २४ घण्टामा २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५३७ जना संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै मुलुकामा हालसम्म २०६३५३ जना कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये १६८१२९ जना निको भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म १२०२ पुगेको छ।
हाल मुलुकमा ३७०२२ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यस्तै ९८६ जना क्वारेन्टिनमा रहेका छन्। आज देशभर जम्म ९०५३३ नमूना पीसीआर परीक्षण भएको छ। हालसम्म मुलुकमा १५९३८५० वटा नमूना पीसीआर परीक्षण गरिएका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












