काठमाडाैं ।। म्यानमारमा हालै सम्पन्न निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ।सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो । पार्टीले निर्वाचन आयोगमा उजुरी दिदै पुनः निर्वाचन गराउन समेत माग गरेको जनाइएको छ ।गत आइतवार मतदान भइ मंगलबार सार्वजनिक भएको मत परिणाममा सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी पार्टीले अत्याधिक ठाउँमा जित हासिल गरेको छ। नोबेल शान्ति पुरस्कार विजेता साङ साङ सूकी नेतृत्वको पार्टीले दोस्रो पाँच बर्षे कार्यकालका लागि जित हासिल गरेको हो ।सैन्य शासनका विरुद्धमा लामो समय संघर्ष गर्नु भएकी सूकीको पार्टीले यसअघि पनि सन् २०१५ मा अत्यधिक बहुमत ल्याएर अहिलेसम्म सरकार सञ्चालन गरेको थियो । अहिलेको निर्वाचनले पनि सूचीको पार्टीलाई सत्तामा रहन निरन्तरता दिएको छ ।म्यानमारको संसद ३ सय २२ सिट ल्याएमा बहुमत हुने भएपनि सूकीको पार्टीले ३ सय ६१ सिटमा जित हासिल गरेको छ । सेना समर्थित विपक्षी पार्टीले २१ सिटमा मात्रै सफलता प्राप्त गरेको छ भने अन्य दलहरुले ४८ ठाउँबाट जितेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here