काठमाडाैं ।। कोरोना महामारीका बीच मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको छ । हालसम्मको नतिजामा जो बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पार्नुभएको छ । ५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडेनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन् । यसैगरी बाइडेनका प्रतिनिधिले ४ वटा राज्यमा अग्रता कायम गरेका छन् भने ट्रम्पका प्रतिनिधिले २ वटा राज्यमा अग्रता लिएका छन् । अमेरिकी राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छ । मंगलबार राति अबेरसम्म भोट खसालिएकाले चुनावको अन्तिम नतिजा आउन भने ढिला हुने बताइएको छ । अमेरिकी राष्ट्रपतीय चुनावले विश्वको ध्यान तानेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।