काठमाडाैं ।। सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । सारजाहमा मंगलबार भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।हैदराबादको जितमा डेभिड वार्नर र रिद्दिमान साहाले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय इनिङ्स खेल्नुभयो । वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाउनुभएको थियो ।साहा ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रनमा अविजित रहनुभयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । जितसँगै हैदराबादले तेस्रो स्थानमा रहदै प्ले अफ स्थान बनाएको हो । हैदराबादले १४ खेलमा १४ अंक जोड्यो । हैदराबाद प्ले अफमा पुगेसँगै आईपीएलको प्ले अफ समीकरण समेत पूरा भएको छ । हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here