राजेन्द्र महतो ,लहान ।। सिरहा का एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जनकपुर स्थित प्रादेशिक अस्पताल मा उपचारका क्रममा आइतबार गोलबजार नगरपालिका वडा नम्बर-४ निवासी ७४ वर्षीय पुरूषको कोरोनाबाट मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुर ले जनाएको छ। आफ्नै घरमा एक्कासी शश्वास प्रस्वास मा समस्या भएपछि पुरूषलाई गत कात्तिक ११ गते उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो । उनको १२ गते स्वाब लिएर परीक्षण गर्दा १३गते रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएका पुरूषलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा आइतबार साझ ६:३० मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुर ले जनाएको छ । योसँगै सिरहामा कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here